दफा २६
अधिकार प्रत्यायोजन
(१) परिषद्ले यस ऐनबमोजिम आफुलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार समिति वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) समितिले यस ऐनबमोजिम प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार दफा २४ बमोजिम गठित उपसमिति वा कार्यटोली, कार्यकारी निर्देशक वा प्रतिष्ठानको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकले यस ऐनबमोजिम आपूmलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार आफुमातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।